Websoft University

९६ मध्ये ७३ जना भक्तपुररको क्वारेन्टाइनबाट घर गए


काठमाण्डौ चैत २५ गते । रातो तारा डट कम,भक्तपुररको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरण तालिम केन्द्रको क्वारेन्टाइनमा रहेका ९६ जनामध्ये ७३ जनालाई हिजो घर पठाइएको छ । विभिन्न मुलुकबाट १७ दिन अघि नेपाल फर्किएका उनीहरुको स्वाब परीक्षणमा कोरोना भाइरसको रिपोट नेगेटिभ आएपछि आज घर पठाइएको हो । उनीहरु चैत ८ र ९ गते थाई एयरवेज, एयर इण्डिया, सिल्क एयर लगायतका विमानहरुबाट ७३ जना र, चैत १२ गते भारतको स्थल मार्गबाट आएका २३ जना गरी जम्मा ९६ जनालाई खरिपाटी क्वारेन्टाइनमा राखिएको थियो । गत शुक्रबार ९६ जनाको स्वाब परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा लगिएको थियो भने ९४ जनाको रिपोर्ट हिजो  आएको थियो । बाँकी दुई जनाको स्वाब पुनः परीक्षणका आज पठाइएको र बाकिको समय अबधि नपुगेका ले घर नपठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानले बताउनुभयो   । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.