Websoft University
बेलबारी मोरङ । रातो तारा डट कम,बेलबारी नगरपालिकाले आइतवार साढे १७ सय भन्दा वढि परिवारलाई राहत वितरण गरेको छ । ६ वटा वडाका १७ सय ६२ परिवारलाई राहत सामाग्रि वडा कार्यालय मार्फत जनताको घर घरमा पठाइएको बेलबारी नगरपालिकका मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।
वडा नम्बर २,३,६,७,१० र ११ नम्बर वडामा दैनिक ज्यालादारी गरी दैनिक जिविका चलाइरहेका परिवारलाई पहिलो चरणमा राहत वितरण गरेको नगर प्रमुख सुवेदीले बताए । नगरपालिकाले वडा कार्यालयमा राहत सामाग्रि बुझाएको छ भने वडा कार्यालयले घर घरमा लगेर वाडेका छन । भिडभाड हुन निदिनका लागि घर घरमा राहत वितरण गरीएको मेयर सुवेदीले बताए ।
नगरपालिकाले ४ जना सम्मको परिवारलाई १५ किलो चामल, १ किलो दाहाल, १ किलो नुन र एक डल्ला साबुन वितरण गरेको छ भने १५ जना भन्दा वढिको परिवारलाई २५ किलो चामल, डेढ किलो दाहाल, १ किलो नुन, र एक डल्ला साबुन दिएको छ । सोमवार १,४,५,८ र९ नम्बर वडामा राहत वितरण गरीने नगरपालिकाको कार्यालयले जनाएको छ ।
कोरोना रोग रोकथाम बेलबारी नगर समन्वय समितिको शनिवार बेलबारी नगरपालिकमा बसेको बैठकले आइतवार बिहान देखी राहत वितरण गर्ने निर्णय गरेको थियो । (बेलबारृी अनलाइन)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.