Websoft University

लकडाउको पालना गराउन कडाइ गर्न सुरु -अब चोक चोकमा प्रहरी


विराटनगर चैत २८ गते । रातो तारा डट कम,लकडाउनमा मानविय गतिविधि बढ्दै गएपछि स्थानीय प्रशासनले कडाई गर्ने भएको छ ।

विराटनगरमा अहिले ५ बजेबाट लकडाउन कडा बनाइएको
छ । विराटनगर महानगर भित्र ५ बजेपछि मानिसहरूको ठुलो चहलपहल हुने भएको हुँदा यसलाई नियन्त्रण गर्न लकडाउन कडा बनाउन लागिएको ह । मानिसहरुको आवतजावतलगायतको गतिविधिमा पूर्णरुपमा कडाई गर्न लागेको मोरङ प्रहरीले जनाएको छ । प्रहरी सर्वसाधारणलाई घरमै बस्न र पसल बन्द गर्न आग्रह गर्दै माइकिङ गर्दै आएको छ ।

५ बजेपछि पसल,मोटरसाइकललगायत सबै बन्द गराउदै प्रहरी चोकचोकमा पुगेको छ । विगत केही दिनदेखि साँझ परेपछि मानिसको चहलपहल बढेकाले प्रशासनले कडाई गर्ने निर्णय गरेको हो । ‘यो कार्य आम नागरिकका लागि नै हो । हामीले लकडाउनको पूर्ण रुपमा पालना गर्न आग्रह पनि गरेका छौ मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राबताए ।’ डिएसपी राईले भने,‘तर साँझ परेपछि मानिसहरुको आवतजावत र चहलपहल अस्वाभाविक रुपले बढेपछि हामीले कडाई गर्न लागेका हौ ।’केही दिन देखि साँझ विराटनगरमा पसल खुल्ने तथा मानिसहरूको चहलपहल हुदै आएको थियो ।

लकडाउन उंलग्घन गर्नेलाई तत्कालै जुन स्थानमा देखे त्यहि राखिने प्रहरीको योजना छ । ‘लकडाउन उलंग्घन गर्ने ब्याक्ति वा सवारीसाधनलाई जहाँ भेट्छौ तत्काल त्यहि ‘स्टिल’ रुपमा राख्छौ’ डिएसपी राईले भने, ‘पछि अबस्था हरेर वहाँहरुको ब्यवस्थापन गर्नेछौ ।

कोरोना भाइरसको नियन्त्रणको लागि अझ प्रभावकारी बनाउन लकडाउनलाई कडा बनाउन लागिएको प्रहरीले जनाएको छ । ’

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.