Websoft University

मूल्य बढी लिएर पेट्रोल बेच्ने पक्राउ

   
काठमाण्डौ चैत २१ गते । रातो तारा डट कम,चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७ मेलचौर स्थित जयमाता बनदेवी फ्युल सेन्टरले बजार मुल्य भन्दा बढी मुल्य लिई पेट्रोल बिक्रि गरिरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । नेपाल सरकारले कोरोना भाइरस(कोभिड १९) फैलन नदिन गरेको लकडाउनको समयमा बजार भाउ भन्दा बढी पेट्रोलको मूल्य लिएर बेच्दै गरेको अवस्थामा त्यहाँका कर्मचारी महेशकुमार चौधरीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार पेट्रोल पम्पमा कार्यरत कर्मचारीबाट बिल नदिई बजार भाउ भन्दा बढी प्रतिलिटर एक सय १० का दरले पेट्रोल बेचिरहेको अवस्थामा कपिलबस्तु बिजयनगर गाउँपालिका वडा नं. ५ का चौधरी पक्राउ परेका हुन् । उनीमाथि अनुसन्धान गर्ने कार्य जारी भईरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.