Websoft University

कोभिड १९ बाट सङ्क्रमित व्यक्तिको सङ्ख्या १४ पुग्यो



 काठमाण्डौ बैशाख १ गते । रातो तारा डट कम,नेपालमा नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ सङ्क्रमित व्यक्तिको सङ्ख्या १४ पुगेको छ । आज थप २ जना कोरोना सङ्क्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । कैलालीकी एक ६५ वर्षीया र रौतहट जिल्लाको क्वारेन्टाइनमा रहेका एक १९ वर्षका युवामा पनि कोरोना सङ्क्रमण भएको पाइएको देवकोटाले बताउनुभयो । हिजो मात्र तीन जना भारतीय नागरिकमा कोरोनाको सङ्क्रमण देखिएको थियो । अहिलेसम्म ५ हजार ६ सय ९१ जनाको कोरोना भाइरस परीक्षण गरिएको पनि प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म काठमाडौँ उपत्यकाभित्र ९ जना र उपत्यकाबाहिर ९४ जना गरेर १ सय ३ जना आइसोलेसनमा छन् । देशभर ७ हजार १ सय ६६ जना मानिस क्वारेन्टाइनमा रहेको पनि मन्त्रालयले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.