Websoft University

अनियमितता गर्नेलाई जिम्मेवारी बिहिन गराउन काँगे्रसको माग


काठमाण्डौ चैत २२ गते । रातो तारा डट कम,प्रमुख प्रतिपक्षी दल काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा अनियमितता गरेको आरोप लागेकालाई जिम्मेवारी मुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ । सभापति देउवाले आज विज्ञप्ति निकालेर मेडिकल सामाग्री खरिदमा ढिलासुस्ती र अनियमिततामा सामेलहरुलाई जिम्मेवारीमुक्त गरी अनुसन्धान र कारबाही प्रक्रियालाई सघाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो । अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शिता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिद जस्ता आपत्तिजनक र लज्जास्पद घटना कुनैपनि दृष्टीले माफी योग्य छैन देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.