काठमाण्डौ चैत २१ गते । रातो तारा डट कम,पर्वतको पैयुँ गाउँपालिकाले कोरोना भाईरस बिरुद्धको लडाईमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई भत्ता दिने भएको छ । कोरोना भाईरसका बिरुद्ध कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीलाई ६० प्रतिशत भत्ता दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले बताउनुभयो । उहाँका अनुसार संघीय सरकारले बिशेष भत्ता नदिएको अबस्थामा पनि स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन तलबको ६० प्रतिशत भत्ता दिने निर्णय गरिएको हो । सुरक्षामा खटिने प्रहरीका लागि खाजा भत्ताको ब्यबस्था गरिएको छ भने सुरक्षामा प्रयोग हुने सवारी साधनका लागि दैनिक ८ सय लिटर इन्धन सहयोग गरिएको छ । यस बाहेक गाउँपालिकाले हुवासमा रहेको पुरानो मिसन अस्पतालको खाली भवनलाई क्वारेन्टाईन बनाउने योजना अघि सारेपनि स्थानियको बिरोध पछि हुवास बहुमुखी क्याम्पसमा सञ्चालन गरिने भएको छ ।तत्कालका लागि ५ लाख रुपैयाँ राहतका लागि बिनियोजन गरिएको र स्वास्थ्यकर्मीलाई आबश्यक पिपिई पनि खरिद गर्ने निर्णय भएको छ ।
Post a Comment