Websoft University

पत्रकारको सुरक्षा र राहतको प्याकेज घोषणा गर्न सरकारसँग महासंघको आग्रह


काठमाण्डौ चैत २५ गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघले पत्रकारको सुरक्षा र राहतको प्याकेज तत्काल घोषणा गर्न सरकारसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै पत्रकारका लागि बीमा सुरक्षा र आवश्यक सामग्रीको उपलब्धतासहितको राहत प्याकेज ल्याउन सरकारसँग माग गर्नुभएको हो । ‘संकटपूर्ण अवस्थामा कार्यक्षेत्रमा खटिने पत्रकारको नियमित स्वास्थ्य परीक्षण, बीमा, पत्रकारले प्रयोग गर्ने सञ्चार साधनमा सहुलियतसहितको सुविधा सरकारले घोषणा गर्न आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ । लकडाउनले असर गरेका पत्रकारका लागि आवश्यक सामग्रीको उपलब्धताका साथै अप्ठ्यारामा परेका पत्रकालाई आर्थिक राहत लगायतका विषय समेटेर प्याकेजमै पत्रकारको आत्मबल बढाउने काम गर्न पनि महासंघले आग्रह गरेको छ । महासंघले सञ्चार प्रतिष्ठानलाई पनि प्याकेज बनाएर राहात दिन आग्रह गरेको छ । महासंघका अध्यक्षद्वारा जारी वक्तव्यमा कोरोनाको महामारीका बेला अफवाह नफैलाउन सञ्चार माध्यमलाई आग्रह गरिएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.