Websoft University

प्रगति महिला समाजले राहत सामाग्री हस्तान्तरण गर्दै


शिव भट्टराई  मोरङ चैत  २२ गते । रातो तारा डट कम,बिभिन्न संघ संस्थाले बिपत ब्यबस्थापन समिति सुन्दरहरैंचा नगपालिकामा राहत सामाग्री हस्तान्तरण गरे संगै प्रगति महिला समाज सुन्दरहरैचाले समेत आज राहत सामाग्री हस्तान्तरण गरेका छन्।

सामाजिक उतरदायित्व बहन गर्दै संस्थाकि अध्यक्ष पार्वती गच्छदारले १ सय किलो दाल बिपत ब्यबस्थापन समितिका संयोजक तथा मेयर शिव प्रसाद ढकाल मार्फत बुझाएको हो। कोरोना भाइरसको महामारीले दैनिकी छाक टार्न गाह्रो भएका बिपन्न्न परिवारलाई केहि राहत पुर्याउने हेतुले वितरण गरेको संस्थाकी अध्यक्ष पार्वती गच्छदारले बताउनुभयो।


त्यसै गरि यस सुन्दरहरैंचा नगरपालिकामा अहिले खाद्धन सामाग्री दिने ३० भन्दा बढी संघ संस्था पुगिसकेको छ। नगरले आज देखि प्रत्येक वडामा राहत सामाग्री पुर्याई रहेको छ भने पहिलो चरणमा १ हजार ८ सय ५० अति बिपन्न परिवारलाई राहत वितरण गर्दै छ। प्रत्येक परिवारले २० केजी चामल, १ केजी दाल र १ केजी नुन राहतको लागि पाउने भएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.