Websoft University

लकडाउनमा इँटा उद्योग सञ्चालन गरेको निहुँमा झडप, ११ जना घाइते


शिव भट्टराई,मोरङ चैत २३ गते । रातो तारा डट कम,दुहवी सुनसरी, सुनसरीको दुहबीमा लकडाउनको अवस्थामा इँटा उद्योग सञ्चालन गरेको भन्दै विवाद उत्पन्न भएपछि आइतबार झडप भएको छ । झडपका क्रममा एकजना प्रहरीसहित १३ जना घाइते भएका छन् । 

सुनसरीको दुहबी–९ स्थित छातावेलीमा रहेको जयबाबा इँटा उद्योग लकडाउनको समयमा पनि सञ्चालन गरेको भन्दै विवाद उत्पन्न भएपछि स्थानीय दुई समुहबीच झडप भएको छ । बिहान ८ बजे भएको झडपमा एक प्रहरीसहित एक दर्जन युवा घाइते भएको दुहबी प्रहरीले जानकारी दिएको छ । प्रहरी जवान अनिल यादव घाइते छन् ।

इलाका प्रहरी कार्यलय दुहबीका प्रहरी निरीक्षक प्रबिण कार्कीका अनुसार घाइतेको अवस्था सामान्य छ । उनीहरुको अहिले दुहबी स्थित सुनसरी सामुदायिक अस्पताल र जीबनज्योति पोलिक्लिनिकमा उपचार भैरहेको छ । यता झडपमा घाइते भएका ताजिब मियाँले लकडाउनकै बेला जयबाबा इँटा उद्योग संचालन हुँदा उद्योगमा कार्यरत भारतीय मजदुरहरु गाउँ घुम्ने गरेकोले जोखिम बढेको बताउनुभयो ।

सो सूचना प्रहरी र संचारकर्मीहरुलाइ दिएको भन्दै दुहबी ९ का वडाध्यक्ष मेंहदी हुसैनको निर्देशनमा आफूहरुमाथि आक्रमण भएको उहाँको भनाइ छ ।
घरमा बसिरहेका बेला दुहबी ९ का वडाध्यक्षले तिमिहरुसँग काम छ भन्दै बोलाएपछि कुरा गर्न जाँदा इँटा उद्योग संचालन गरेको सूचना किन बाहिर दिएको भन्दै हुसैनकै समूहले कुटपिट गरेको मियाँको भनाइ छ । यता वडाध्यक्ष हुसैनले भने आफुले कसैलाइ हातपात नगरेको र कोही कसैलाई निर्देशनसमेत नदिएको बताउँदै राहतको विषयलाई लिएर स्थानीयहरुबीच झडप भएको जानकारी आएपछि प्रहरीलाई खबर गरेको दाबी गर्नुभयो ।
यसअघि देश लकडाउनमा भएको बेला पनि इँटा उद्योग संचालन भएको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए । ५ सयको संख्यामा इँटा उद्योगमा काम गर्ने पश्चिम बंगालका भारतीय मजदुरहरु किनमेल गर्ने बाहानामा गाउँ घुम्ने गरेको र तीनीहरुमध्ये केही लकडाउनको केही दिन अगाडि मात्र भारतबाट आएको स्थानीयले बताएका छन् । देश लकडाउन हुँदा पनि भारतीय मजदुहरु गाउँ घुम्ने गरेपछि स्थानीय त्रसित भएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.