Websoft University

लकडाउन लम्बिने, नाकामा कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन


काठमाण्डौ चैत २९ गते । रारातो ता डट कम, प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै लकडाउनको समयावधि लम्बिने भएका कारण त्यसैअनुसारको तयारी गर्न निर्देशन दिनुभएको
छ । आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियोमार्फत भएको छलफलमा प्रधानमन्त्री ओलीले नोबेल कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सामाजिक दूरी कायम गर्नुको विकल्प नभएको बताउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । लकडाउनको समय चाँडै अन्त्य नहुने र सीमा नाकामा अझ अडाइ गरिनेमा प्रधानमन्त्रीले जोड दिनुभएको पनि थापाले बताउनु भयो । भारतमा सङ्क्रमण फैलिने क्रम नरोकिएको बारेमा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले यस्तो बेलामा लकडाउन खुला गर्ने बारेमा सोच्नु हतार हुने उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले करिब चार घण्टा मुख्यमन्त्रीहरूसँग भिडियोमार्फत छलफल गर्नुभएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.