Websoft University

प्रदेश नम्बर १ मा एउटा मात्र स्वास्थ्य संस्थामा कोरोनाको उपचारको व्यवस्था मिलाउनु पर्ने: डा.विपश आचार्य


शिव भट्टराई,मोरङ बैशाख २ गते । रातो तारा डट कम, कोरोना भाइरसको संक्रमित जोखिम कम गर्न प्रदेश नम्बर १ मा एउटा मात्र स्वास्थ्य संस्थामा कोरोनाको उपचारको व्यवस्था मिलाउनु पर्ने विज्ञहरुले सुझाव दिएका छन्।
नेपालमा समेत कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्न थालिरहेको समयमा  स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरुका विषयमा केन्द्रीत भएर प्रदेश नम्बर १ मा अनुगमन थालेको नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य साथै पूर्वाञ्चल विश्विद्यालयका निर्देशक डा. विपेश आचार्यले प्रदेस नम्बर १ मा एउटा मात्रै स्वास्थ्य संस्थामा उपचारको व्यवस्था भए जोखिम कम हुने सुझाव दिएका हुन्।


केही समय यता देखि प्रदेश नम्बर १ का विभिन्न स्वास्थ्य संस्थाहरुमा अनुगमन गर्दै आएका डा आचार्यले धेरै ठाउँमा कोरोना संक्रमितहरुको उपचार गर्दा स्वास्थ्यकर्मी ,अन्य विरामी साथै विरामीका आफन्तहरुमा समेत कोरोना सर्ने जोखिम हुने भएकाले एउटै स्वास्थ्य संस्थामा कोरोना संक्रमितहरुको उपचारको व्यवस्था मिलाउनु पर्ने अवस्था पाइएको वताए ।उनले अनुगमनका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पूर्ण रुपमा   दक्ष जनशक्ति द्वारा उपचार भइरहेको तर इनरुवा अस्पतालमा कर्मचारीहरुको अभाव रहेको र स्वास्थ्य सामग्रीहरूको कमी भएकोले त्यहाँको अवस्था दयनिय रहेको बताएका थिए।

सञ्चारकर्मीहरुको टोली सहित केही दिन अघि देखि प्रदेश नम्बर १ का विभिन्न ठाउँमा रहेका स्वास्थ्य संस्थाहरुको अनुगमन गर्दे आएका नेपाल चिकित्सक संघ केन्द्रीय सदस्य आर्चायले सुनसरीमा रहेका स्वास्थ्य संस्थाहरुको अनुगमनका क्रममा सो कुरा वताएका हुन्।


संघले सुनसरीका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान ,विजयपुर अस्पताल धरान , इटहरी अस्पताल , पशुपति अस्पताल, इटहरी र इनरुवा अस्पतालको अनुगमन गरेको छ । सो क्रममा धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानका सहप्रवक्ता अशोक अयेरले प्रतिस्ठानले प्रभावकारी रुपमा सेवा दिदै आएको वताए ।अनुगमनका क्रममा सुनसरीको सदरमुकाम समेत रहेको इनरुवाको सरकारी अस्पताल इनरुवाका प्रमुख डा. सन्तोष राईले आवश्यक स्वास्थ्य सामाग्रीहरुको अभावमा जोखिमपुर्ण रुपमा काम गर्नु परिरहेको गुनासो गरे।सो अस्पतालको भौतिक संरचना पनि सारै कमजोर भएकोले छिटो भन्दा छिटो मर्मत गरे बिरामीहरूलाई प्रभावकारी ढंगले सेवा दिन सकिने उनले बताए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.