Websoft University

कोरोना परीक्षण बुथ प्रदेश १ सरकारलाई हस्तान्तरण


बिराटनगर बैशाख २ गते । रातो तारा डट कम,कोरोना परीक्षणका लागि बुथ निर्माण गरी प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन), प्रदेश समितिले प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको छ । 

१ लाख १ हजार ७५ रुपैयाँको लगानीमा कोशी अस्पताल विराटनगरमा निर्माण गरिएको बुथ सामाजिक विकास मन्त्री जिवन घिमिरेलाई हस्तान्तरण गरिएको हो । मन्त्री घिमिरेले कोरोनाबाट जुध्नका लागि विभिन्न उपायहरु अवलम्वन गर्ने क्रममा इन्जिनियरले निर्माण गरेको वुथ एउटा त्यसको उदाहरण भएको वताउनुभयो । बुथको कोशी अस्पतालबाट एक विज्ञ टिम तयार गरि अध्ययन गरिएको उहाँले बताउनु
भयो । उहाँले भन्नुभयो,‘ बुथ प्रयोगका विषयमा टिका टिप्पणी नहोस् भन्नका लागि टिम तयार गरिएको हो ।’ विज्ञ टिमको अध्ययन प्रतिवेदन मन्त्रालयमा आउन बाँकी रहेको उहाँले बताउनुभयो । 

प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल पिनका प्रदेश अध्यक्ष दिपक पौडेलले मन्त्री घिमिरेलाई बुथको चावी हस्तान्तरण गर्नुभएको थियो । चार फिट चौडाई र ८ फिट उचाईको प्रविधियुक्त बुथ प्रदेश १ कै उत्कृष्ट र प्रभावकारी रहेको पिन प्रदेश अध्यक्ष पौडेलको दाबी छ । सो बुथमा कोरोना भाईरसकाका शंकास्पद व्यक्तिको स्वाव संकलन गरिनेछ । बुथमा हाइब्रिड पावर प्रणाली, पूर्ण एयर टाइट र कीटाणुरहित भेन्टिलेसनलगायतको विशेषता रहेको छ । इन्जिनियर पवन झा, इन्जिनियर बिभास मिश्रा, इन्जिनियर बिक्रम केसी र इन्जिनियर सम्पूर्ण आचार्यले बुथ निर्माण गर्नुभएको हो । 

सामाजिक विकास मन्त्री घिमिरेले बुथको चावी कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्रालाई हस्तान्तरण गर्नुभएको छ । कोशी अस्पतालमा गत शुक्रबार देखि  कोरोनाका शंकास्पद व्यक्तिको नमूना संकलन शुरु भएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.