Websoft University

उधोग सगठन मोरङ कार्यसमितिले गायो आज राष्ट्रिय गान

बिराटनगर बैशाख १ गते । २०७७-रातो तारा डट कम,नेपाल सरकारबाट आव्हान भएअनुसार आज नया वर्ष २०७७ वैशाख १ गते विहान ८.०० वजे उद्योग संगठन मोरंगको प्राङगणमा सामाजिक दुरी कायम गर्दै संगठनको कार्यसमिति सदस्यहरुले सामुहिक राष्ट्र गानमा सहभागिता जनाउनु भयो ।

नया“ वर्षको शुभकामना व्यक्त गर्दै संगठनका अध्यक्ष्ँ भीम घिमिरेले वर्तमान समयमा एकातर्फ यस महामारीबाट आफु र अन्यलाई सुरक्षित राख्दै यस संकटको अवस्थाबाट पार पाउन संस्थागत र मानवीय दृष्टिकोणले सहयोग गर्नु सबैको दायित्व र कर्तव्य भएृको वताउदै विश्वव्यापी आर्थिक मन्दिको प्रभावमा परेका उद्योग÷व्यवसायलाई आगामी दिनमा पुर्नजिवन दिनु चूनौतिपूर्ण भएतापनि सरकार र नीजि क्षेत्रको एकता र आपसी साझेदारीले फेरी सुनौलो भविष्य कोर्न सफल हुने विश्वास व्यक्त गर्नु भयो ।

संगठनको सचिवालयमा भएको सामुहिक राष्ट्र गानमा संगठनका अध्यक्ष्ँ भीम घिमिरे, वरिष्ठ उपाध्यक्ष्ँ सुयष प्याकुरेल, उपाध्यक्ष्ँ प्रदीप मुरारका, राकेश सुराना, कोषाध्यक्ष्ँ नन्दकिशोर राठी, कार्यसमिति सदस्य सुवोध कोईराला, विपिन कावराको सहभागिता रहेको थियो ।

२०७७ वैशाख ०१ गते, सोमवार
विराटनगर




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.