Websoft University

मोरङमा सहकारी क्षेत्रबाट सहयोग जुट्दै ।



विराटनगर, २६ चैत्र । रातो तारा डट कम,राष्ट्रिय महामारीको बर्तमान समयमा सहकारी क्षेत्रले खेलेको भूमिका प्रंशसनिय रहेको कुरा प्रदेश नं. १ का मुख्यमंत्री शेरधन राईले बताउनु भएको छ ।

मुख्यमंत्रीकै कार्यालयमा आज आयोजित सहयोग रकम
हस्तान्तरण कार्यक्रममा उहांले सो कुरा बताउनु भएको हो । उहांले कोरोना संक्रमणको सन्त्रासबाट अझ पनि मुलुक तरल अवस्थामा रहेको बताउदै सबै क्षेत्र र समुदायको एकतावद्ध प्रयासवाट हामीले यो समस्यावाट मुक्ती पाउँन सकिन्छ भन्नु
भयो ।

प्रदेश नं. १ मा सहकारी क्षेत्रबाट उल्लेख्य आर्थिक तथा भौतिक सहयोग र एक्यवद्धता प्राप्त भएको चर्चा गर्दै मुख्यमंत्री राईले सहकारी क्षेत्रवाट लकडाउनलाई अझ प्रभावकारी बनाउन तथा सरकारका हरेक निर्णय कार्यान्वयनमा सहजीकरणको भूमिका निर्वाह गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेलले मुलुकका सबै पालिकामा रहेका सहकारी संघ ÷संस्थाहरुलाई कोरोनाको महाविपतीको वर्तमान समयमा अप्ठ्यारोमा परेका सदस्य लगायत सबै ब्यक्तिहरुलाई
सहयोग गर्नु हुन अनुरोध गरिएको कुरा बताउनु भयो । सोही बमोजिम अहिले देशभरीवाट करोडौंको नगद, खाद्यान्न एवम् औषधिजन्य बस्तुको सहयोग संकलन तथा वितरण भइरहेको कुरा उहांले बताउनु भयो ।

सो अवसरमा जिल्ला सहकारी संघ लि. मोरङको समन्वयमा जिल्लाका बिभिन्न सहकारी संघ ÷संस्थावाट प्राप्त रकम मध्ये प्रदेश सरकारद्धारा स्थापित कोरोना जनसुरक्षा
कोषमा रु. ५ लाख ५५ हजार ५ सय ५५ सहयोग रकम मुख्यमंत्री राईलाई हस्तान्तरण गरियो । रकम हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष डिल्ली पोखरेलले मोरङमा रहेका सबै सहकारी संघ ÷संस्थाहरु अहिले पालिका स्तरमै सक्रिय रुपले सहयोगमा जुटेको कुरा बताउनु भयो ।

 उंहाले आफ्ना सदस्यका अतिरिक्त स्थानिय जनप्रतिनीधिहरुसंग समन्वय गरि समुदायमा उल्लेख्य सहयोग गर्नका निमित्त जिल्लाका सबै सहकारी संघ ÷संस्थाहरुलाई निर्देशन गरिएको र सोही अनुसार साथीहरु सक्रिय रहेको कुरा बताउनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.