Websoft University

कोभिड १९ उपचार केन्द्रलाई गैससको सहयोग


विराटनगर, २५ चैत । रातो तारा डट कम,कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई प्रदेश नं. १ मा कार्यरत गैरसरकारी संस्थाहरुले १३ लाख बढीको स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् । 

प्रदेश १ सरकारले कोरोना संक्रमित विरामीको उपचारका लागि निर्माण गरेको अस्पतालमा आज राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले १३ लाख ३० हजार ७ सय १५ बराबरको सामाग्री उपलब्ध गराएका छन् । 

गैरसरकारी संस्थाहरुको प्रतिनिधित्व गर्ने सेभ द चिल्ड्रेन प्रदेश नं. १ का बरिष्ठ परियोजना प्रवन्धक हरिवोल बजगाईले स्वास्थ्य सामाग्रीहरु सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गर्नुभयो । मन्त्री घिमिरेलाई ७ लाख ७६ हजार १ सय ७३ बराबरको ३० थान वेड, ४ लाख ६४ हजार ५ सय ४२ वरारको व्यक्तिगत सुरक्षा उपकरण, ६० हजार बरावरको कार्डिक मोनिटर, ३० हजार बरारको पल्स अक्सिमिटर हस्तान्तरण गरिएको छ । 

स्वास्थ्य सामाग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री घिमिरेले विपद्को सामाना गर्न सवैको साथ र सहयोग आवस्यक रहेको वताउनुभयो । सवैको सहकार्यमा मात्र कोरोना विरुद्ध लड्न सकिने मन्त्री घिमिरले बताउनुभयो । विपद्को समयमा प्रदेश १ मा क्रियाशिल गैरसरकारी संस्थाहरुले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

प्रदेश नं. १ मा कार्यरत लुथरन विश्व फेडेरेसन, आईपास, करुणा फाउन्डेसन, सेभ द चिल्ड्रेन, आड्रा, वन हार्ड वल्डवाईड, एनएसआई, प्लान इन्टरनेशनल, पीएसआईले कोभिड १९ उपचार केन्द्रका लागि ४५ लाख ३० हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने योजना रहेको सेभ द चिल्ड्रेनका बरिष्ठ परियोजना प्रवन्धक बजगाइले जानकारी दिनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.