Websoft University

शिकारी र प्रहरी बिच फायरिङ, भरुवा बन्दुक सहित ३ शिकारी पक्राउ


शिव भट्टराई,मोरङ चैत २१ गते । रातो तारा डट कम, मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ८ मा रहेको सलकपुर सामुदायिक वनको उत्तरी सिमाना क्षेत्रमा सिकार खेलिरहेका ३ जना शिकारी पक्राउ परेका छन्। 

सशस्त्र प्रहरी बल नेपाल हाइवे सुरक्षा पोष्ट सलकपुर र सशस्त्र वन रक्षक डिभिजन वन कार्यलय सलकपुर को संयुक्त टोलीले २ नाल भरुवा बन्दुक सहित उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा केराबारी गाउँपालिका आमजुङ्गीमा ३५ वर्षीय डम्बर बहादुर जोगी , सोही ठाउँका २७ वर्षीय किसान कार्की र झापाको धाइजनका २७ वर्षीय किरण धिमाल रहेका छन्।

सलकपुर र केराबारीका गरी ४० जना जतिको समूहमा सिकार खेलिरहेको थाहा पाए पछि सशस्त्र प्रहरी बल नेपाल हाइवे सुरक्षा पोष्ट सलकपुर का शसस्त्र प्रहरी निरीक्षक विदुर भट्टराईको नेतृत्वमा गएको टोलीेलाई देखेपछि सिकारीले फायर गरेका थिए। सिकारीको संख्या ठूलो भएको र हतियार सहित आमनेसामने भएपछि सशस्त्र प्रहरी बलबाट जवाफी फायर गरेर नियन्त्रणमा लिइएको बताइएको छ।

वन रक्षकबाट ७ राउण्ड , सशस्त्र प्रहरी बाट १ राउण्ड र सिकारीबाट ९ राउण्ड फायर भएको प्रहरी निरीक्षक भट्टराईले बताए। सिकारीको साथबाट २ सय ग्राम बारूद र एउटा मोबाइल बरामद गरिएको छ।

नियन्त्रणमा लिइएका शिकारीलाई कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यलय बेलबारी पठाइएको सव डिभिजन वन कार्यलय सलकपुर का प्रमुख लाल बहादुर माझीले रातो तारा डट कम लाई बताएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.