Websoft University

सुन्दरहरैचाका सामुदायिक विद्यालयहरुद्वारा नगर स्तरीय विपद व्यवस्थापन समितिलाई राहत सामाग्री हस्तान्तरण



शिव भट्टराई,मोरङ बैशाख २ गते । रातो तारा डट कम,
लकडाउनको  समयमा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका परिवारहरुलाई विहान वेलुका हातमुख जोड्न समस्या हुने तर्फ मध्यनजर गर्दै मोरगंको सुन्दरहरैचा नगरपालिका क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरु नगर स्तरीय विपद व्यवस्थापन समितिलाई  राहत सामाग्री उपलव्ध गराएको छ । 

नगरपालिका क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुका शिक्षक कर्मचारीहरुबाट संकलन भएको रकमले ५ लाख भन्दा बढीको राहत सामाग्री नगर स्तरिय विपद व्यवस्थापन समितिका संयोजक तथा नगर प्रमुख शिवप्रसाद ढकाललाई साजिलाल माध्यमिक विद्यालयका प्रध्यानाध्यापक कल्याण सिटौला लगायतले हस्तान्तरण गरेका हुन । 

 नगरपालिका क्षेत्रमा रहेका विपन्न परिवारका मानिसहरु लकडाउनका कारण दैनिक ज्यालादारीमा काम गर्न समेत जान नसकेको अवस्थालाई मध्यनजर गर्दै राहत उपलव्ध गराउन नगर स्तरिय विपद व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको प्र अ सिटौलाले जानकारी दिए । सो क्रममा नगरप्रमुख ढकालले नगर क्षेत्रमा रहेका दस हजार परिवारलाई राहत वितरण गर्नु पर्ने अवस्था रहेको अनुसार राहत वितरण कार्य हुदै आएको वताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.