Websoft University

कोरोना संक्रमण फैलिएर गाउँ पुरै सिल भयो


श्याम राई,उदयपुरगाईघाट बैशाख १२ गते । रातो तारा डट कम,कोरोना संक्रमण फैलिएर गाउँ पुरै सिल भएपछि उनीहरु टोल बाहिर हिडडुल गर्न नपाएको पनि एक साता भएको छ ।
संक्रमीत व्यक्ति सबै मुस्लिम समुदायको हुनुले पनि यतिखेर उनीहरुलाई कुन्ठाको जिवन वाच्न विवश तुल्याएको छ । हिजो अन्य समुदायसँग घुलमिल गरेर बसिरहेका उनीहरुलाई यतिखेर ति समुदायबाट कुनै सहयोग छैन ।

बस्ती मै रहदा यतिखेर उनीहरुलाई दैनिक उपभोग्य सामाग्रीको निकै अभाब हुन थालेको छ । उनीहरुसँग पैसा भएर पनि यतिखेर ति पैसा नचल्ने अवस्था आएको छ । 
स्थानीय पसलमा सामान किन्न जादा मुस्लिम परिवारको भएको कारण उनीहरुको पैसा चल्न छाडेको छ ।‘ पैसा कसैले लिन नमानेपछि उनीहरुले आवश्यक सामाग्री किन्न पाएका छैनन् ।‘ पैसा लिएर समान किन्न गयो हाम्रो पैसा नै चल्दैन ।’ स्थानीयबाट बाबर अलिले भने । टोल बाहिर किन्न जाने कुरै भएन । बाहिर हिडडुल गर्न रोक छ ।’ उनले भने ।

पैसाबाट पनि कोरोना सर्ने विश्वासमा व्यापारीहरुले मुस्लिम समुदायका व्यक्तिहरुलाई कसैले सामान नदिने गरेको मुस्लिम टोल सुधार समिति भुल्केका सचिब अनिस राईनले बताए ।‘ हाम्रो समुदायका पैसा हुनेको पनि पैसा विक्न छाड्यो ।’ उनले भने । टोलभरी ५६ घर परिवारका हाम्रो समुदायका मानिसलाई अहिले  खानलाई समस्या भएको उनले भने ।
भुल्के क्षेत्रका मुस्लिम समुदायका व्यक्तिहरुको प्रमुख आय श्रोत भनेकै कृषी हो । उनीहरुले तरकारी, फलफूल उत्पादनगरि त्यसैको आम्दानीबाट जिवन निर्वाह गरिरहेको स्थानीय यदु ढकालले बताए ।

‘ यतिखेर उनीहरुको पेशा पूरै ठप्प छ । उनीहरुले उत्पादा गरेको तरकारी, फलफूल खेत बारीमै कुहिन थालेको छ ।’ उनले भने । हामीले हाम्रो समस्या बारे स्थानीय प्रशासनलाई अवगत गराईसकेका छौ । तर प्रशासनबाट कुनै चासो देखाएको छैन । ’ टोल सुधार समितिका सचिब राईनले भने ।
विदेसमा पैसाबाट पनि कोरोना संक्रमण फैलिएको समाचारको मनौवैज्ञानीक त्रासले स्थानीय पसलमा समान किन्न नपाएको उनले बताए । मुस्लिम समुदायको पैसा लिन पनि डर लागेको स्थानीय एक पसलले बताए । बरु उनीहरुलाई उधारोमा सामान दिन तयार छु । तर पैसा भने उनीहरुको नलिने ति व्यापारीले भने ।‘ हामीले पैसाबाट पनि कोरोना सर्ने गरेको सुनेको छौ ।’ उनले भने ।

टोल सुधार समितिका संचिब राईनले दुई, तिन दिन देखि केही मुस्लिम परिवारमा चुल्हो नबलेको बताए । खाद्य सामाग्रीको अभाबले गर्दा केही परिवारको खाना पाक्नै छाडेको सुनेको उनले भने । उनले वडाले अझै सम्म मुस्लिम बस्तीमा राहत वितरण नगरेको बताए ।

त्रियुगा नगरपालिका वडा न. ३ का वडा अध्यक्ष अवधेस चौधरीले मुस्लिम बस्तीमा बैशाख १० गते राहत बाड्न गएको भएपनि उनीहरुले राहत नलिएको बताए । टोल विकास संस्थाले दैनिक ज्यालादारी गर्ने व्यक्ति, गरिब, असाहगरी २७ घर परिवारको विवरण पठाएको र सोही अनुरुप राहत सामाग्री वितरण गर्न पठाएका थियौ श्र तर उनीहरु राहत लिन नमानेको वडा अध्यक्ष चौधरीले बताए ।

‘सबै ५७ घर मुस्लिम परिवारलाई दिए मात्र राहत लिने नभए नलिने अडान लिएर उनीहरुले राहत लिन मानेनन् ।’ उनले भने । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले भुल्केस्थीत मुस्लिम परिवारको लागि छुट्टै राहत कार्यक्रम ल्याउन लागेको बताए । उनले अब केही दिन भित्रै उनीहरुको लागि राहत लिएर जाने बताए ।

त्रियुगा नगरपालिका वडा न. ३ भुल्केबाट विहीबार सम्म २८ जना कोरोना संक्रमीत भेटिएको छ । भेटिएका सबै मुस्लिम समुदायका हुन् । संक्रमीत मध्ये ४ जना विराटनगर र १२ जना भारतीय नागरीक रहेको मेयर चौधरीले बताए ।



                                                   






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.