Websoft University

लकडाउनलाई सरकारले थप कडा बनाउने


काठमाण्डौ चैत २३ गते । रातो तारा डट कम,नेपालमा थप तीन जनामा नोबेल कोरोना भाइरस कोभिड १९ को संक्रमण भएसँगै सरकारले लकडाउन पालनामा कडाइ गर्ने भएको छ । देशव्यापी रूपमा आवागमनमा लगाएको प्रतिबन्ध अझ प्रभावकारी बनाउने तथा विदेशबाट फर्किएका र क्वारन्टाइनमा रहेका व्यक्तिको परीक्षण फराकिलो र तीब्र बनाउने निर्णय भएको छ ।

विदेशबाट नेपाल फर्केका व्यक्तिबाट नेपालमै बसोबास गर्दै आएका व्यक्तिमा कोभिड १९ को संक्रमण फैलिएको पहिलो पटक पुष्टि हुनुका साथै अरु थप २ जनामा पनि कोभिड १९ भएको हिजो पुष्टि भएको थियो । गएराति सकिएको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चालिएका कदमको समीक्षा गरेको थियो । 

एक स्थानीय तहबाट अर्कोमा र एक जिल्लाबाट अर्को जिल्लामा जानआउन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ एवम सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकले कैलाली, कञ्चनपुर र बागलुङ जिल्लामा क्वारेन्टाइनमा राखिएका व्यक्ति तथा विदेशबाट फर्किएका व्यक्तिको परीक्षणमा तीव्रता दिने, स्वास्थ्यकर्मीलाई सुरक्षा प्रदान गर्ने व्यवस्था सरकारले मिलाउने निर्णय पनि गरेको छ । 

प्रवक्ता खतिवडाका अनुसार लकडाउनको समय लम्व्याउने वा नलम्ब्याउने बारेमा मन्त्रिपरिषद्को अर्को बैठकले निर्णय गर्नेछ । यसअघि यही चैत ११ देखि १८ गते बिहानसम्मको लागि लगाइएको प्रतिबन्ध एक साता थपेर चैत २५ गते मध्यरातसम्म पु¥याइएको छ ।  नेपालमा कोभिड १९ सङ्क्रमितको संख्या नौ पुगेको छ । एक जना निको भइसकेका छन् भने उपचारार्थ भर्ना भएका अन्यको स्वास्थ्यस्थिति सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.