Websoft University

कोभिड १९ को संक्रमण फैलिन नदिन आज प्रधानमन्त्रीले गर्नु भयो राष्ट्रका नाममा सम्बोधन


काठमाण्डौ चैत २५ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भइरस कोभिड १९ को संक्रमण फैलिन नदिन आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा आज राष्ट्रका नाममा सम्बोधन गर्नु भएकोछ । यस्तो बताउनुभएको हो । 

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आगामी दुइ साता संक्रमणको जोखिम उच्च रहेको बताउँदै सजगता अपनाउन सबैलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेपाल पनि कोरोनाविरुद्धको लडाइँमा होमिएको उल्लेख गर्दै सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । देशमा संक्रमणको पहिलो केस पहिचान भएयता साझा प्रयत्नले संक्रमितको संख्या नौ जनामा मात्र सीमित गर्न सकिएता पनि अझै उच्च जोखिममा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । 

यसै साताबाट प्रयोग ल्याइएको ¥यापिड डायग्नोस्टिक टेष्टले पनि समुदायमा संक्रमणको स्थिति पत्ता लगाउन सहयोग पुग्ने उहाँको विश्वास छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.