Websoft University

कोशी अस्पतालमा राखिएका ल्यावका मुख्यमन्त्री राईद्धारा निरिक्षण


विराटनगर, २८ चैत । रातो तारा डट कम,कोरोना भाईरसका शंकास्पद विरामीको नमूना परिक्षणका लागि कोशी अस्पताल विराटनगरमा राखिएका ल्यावको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आज निरिक्षण गर्नुभएको छ ।

कोरोना भाईरसको कोशी अस्पताल विराटनगरबाट शंकास्पद व्यक्तिको नमूना परीक्षण शुरु गर्नुपुर्व मुख्यमन्त्री राई, सामाजिक विकास मन्त्री जीवन घिमिरेले ल्यावको निरिक्षण गर्नुभएको हो । विराटनगरबाट कोरोना परीक्षणका लागि आवस्यक तयारी सकिएपछि प्रदेश सरकारबाट ल्यावको निरिक्षण गरिएको हो ।

ल्यावको निरिक्षण गर्दै मुख्यमन्त्री राईले कोशी अस्पतालमा राखीएको ल्याव काठमाण्डौं पछिको ठुलो क्षमताको भएको वताउनुभयो । उहाँले विराटनगरको ल्यावबाट दैनिक बढीमा २ सय सम्मको नमूना संकलन गर्न सकिने बताउनुभयो । मुख्यमन्त्री राईले भन्नुभयो,‘ भयको स्थिति भएकाले ढुक्क हुन पनि अधिकतम परिक्षणमा जानुप¥यो ।’ कोरोना परिक्षणलाई उच्च प्राथमिकतामा राखेर मेसिनहरु सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

कोरोना परीक्षणका लागि आवस्यक उपकरणहरु र केमिकलहरु विहिबार हेलिकप्टरबाट विराटनगर ल्याइएको थियो । कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले संभवत आज साँझदेखि परीक्षण शुरु गरिने बताउनुभयो । उहाँले भन्नुभयो,‘आज साँझदेखि परीक्षण शुरु संभव नभए भोली विहानदेखि शुरु गर्छौ ।’

विराटनगरबाट गरिने कोरोना परीक्षणका लागि पहिलो चरणमा ६ सय जनाको नमूना संकलन गर्न पुग्ने केमिकल ल्याईएको वीर अस्पताल काठमाण्डौंका जेनेटिक साईन्टीस् तथा कोरोना परिक्षण विज्ञ समूहका वलराम गौतमले बताउनुभयो ।

यसैवीच क्वारेन्टाईनमा बसेकाहरुको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी)का लागि आज देखि प्रदेश १ का ४ स्थानमा टोली खटिएको छ । मोरङको टाँडी, झापाको मेचीनगर र भद्रपुर, सुनसरीको धरान र उदयपुरको बेलश्रोत क्वारेन्टाईनमा बसेकाको आरडिटीका लागि टोली प्रस्थान गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले वताउनुभयो ।

आज र भोलीमा प्रदेश १ का १४ वटै जिल्लामा रहेका क्वारेन्टाईनमा वसेकाको टेष्टका लागि आवस्यक सामान किट र पीपीई पठाईसकिने मन्त्री घिमिरेले वताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.