Websoft University

मोटरसाईकलबाट लडेर १ जनाको मृत्यु


खोटाङ, चैत्र २६ गते । रातो तारा डट कम,खोटाङको हलेसी तुवाचुङ नगरपालिका-९ का ३० बर्षीय बिर बहादुर राईको मोटरसाईकलबाट लडेर मृत्यु भएको छ ।

मंगलवार दिउँसो पौने ४ बजे नगरपालिकाले बितरण गर्ने राहतको लागी फारम भर्न भनी नगरपालिकाको कार्यालयमा गएका राई सोही कार्यालयको प्राङगणमा रोकी राखेको मोटरसाईकल माथी बस्ने क्रममा अचानक मोटरसाईकलबाट लड्डा सोही मोटरसाईकलले छातीमा किच्दा निजको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएकोछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.