विराटनगर जेठ ७ गते । रातो तारा डट कम, प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घुस रकम बुझाउन खोज्ने जलश्रोत तथा सिचांई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई आज अख्तियारले प्रक्राउ गरेको छ ।
डिभिजन प्रमुख झाले आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई १० हजार रकम बुझाउन खोजेको थिए ।
झाले आफूले पौडेललाई १० हजार नगद खाममा राखेर टेबलमा राखिदिएको तर पौडेलले अस्वीकार गरेको बताएका छन् ।
Post a Comment