शिव भट्टराई,मोरङ जेठ १५ गते । रातो तारा डट कम,एकता युवा क्लब इटहरीले नि:साहय बालबालिका सेवा आश्रमलाई २० हजार बराबरको राहात सामग्री वितरण गरेको छ। समाजप्रति उत्तरदायित्व वहन गर्दै १३ औं गणतन्त्र दिवसको अवसरमा वितरण गरेको हो।
क्लबका अध्यक्ष बिष्णु जंग क्षेत्रीका अनुसार कोरोना भारसका कारण विश्वमा फैलिएको महामारीले नि:साहय बालबालिकालाई सहयोग पुगोस भनेर सो आश्रमलाई सेवा भावनाले समाजप्रति उत्तरदायित्व बहन गर्दै बितरण गरेको जनाएको छ।
सो क्लबका अध्यक्ष विष्णु जंग क्षेत्रीको नेतृत्वमा नि:साहय बालबालिका सेवा आश्रमका अध्यक्ष गीता गौतमलाई सो राहत सामाग्री वितरण गरेको हो। क्लबलेखाद्धन्न तथा दैनिक उपभोग्य सामन तथा स्टेशनरी समान वितरण गरेको थियो।
Post a Comment