उदयपुर, असार १४ गते । रातो तारा डट कम,उदयपुरको चौदण्डीगढी नगरपालिका-५ खोरिया बस्तिका १८ बर्षीय दिपेश मगरको चट्याङको आवाजले बेहोश भएर मृत्यु भएको छ । शनिवार दिउँसो ४ बजेको समयमा आफ्नै खेतमा काम गरिरहेको अवस्थामा नजिकै परेको चट्याङको आवाजले बेहोश भएका मगरलाई उपचारको लागी धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा राती पौने ८ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
Post a Comment