गाईघाट जेष्ठ २३ गते । रातो तारा डट कम,उदयपुर सदरमुकाम गाईघाटका पसलहरु शुक्रबार संचालनमा आएका छन । जिल्ला उधोग वाणिज्य संघ संग भएको सहमतीमा स्थानिय प्रशासन ले विहिबार ६ वजे देखी ११ वजे सम्म पसल खोल्ने अनुमती दिए संंगै शिक्षण सस्था, ब्युटिपालर, सिनेमा हल ,पार्टिप्यालेस, शैलुन बाहेक का पसलहरु सामाजिक दुरी कायम गरेर खुला भएका छन ।
विहिबार जिल्ला प्रशासन कार्यालयमा कोभिड का्रइसिस म्यानेजमेन्ट समितिको वैठक बाट पसल खुलाउने निर्णय गरिएको हो । स्थानिय प्रशासन लाई ब्यापारी र जनप्रतिनिधि को चर्को दबाब परेपछि त्यस्तो निर्णय गरिएको हो । लकडाउन को कारण आम जनता को दैनिक प्रभाबित भइसकेको र वजार खुला नगरे समस्या झन विकाराल हुने त्रियुगा उधोग वाणिज्य संघ ले अडान राखेपछि स्थानिय प्रशासन ले स्वास्थ्य सर्तकता अपनाएर पसल खोल्न सहमती दिएको त्रियुगा नगरपालीकाकी उप मेयर देवी चौधरी ले बताइन ।
पसल खोल्ने सहमती भए संगै प्रहरीले बजार अनुगमन गर्ने सहमती पनि भएका उनले बताइन । सरकारले लकडाउन शुरु गरे संगै उदयपुरमा पसल बन्द भएको थिए । ब्यापारी ले प्रहरीको आखा छल्दै लकडाउनको बेलामा पनि केहि घण्टा पसल खोल्दै आएको थिए ।
जिल्ला समन्वय समिति ले वैशाष को पहिलो हप्ता स्थानिय प्रशासन, सांसद र जनप्रतिनिधि सम्मिलीत वैठकमा उदयपुरमा पसल तथा निर्माण कार्य सुचारु गर्ने निर्णय गरेको थियो। तर उक्त निर्णय गरेको २४ घण्टा वित्न नपाउदै स्थानिय को चर्को विरोध ले उक्त निर्णय खारेज गरिएको थियो ।
Post a Comment