Websoft University

किसानलाई सरकारले सहयोग गरे तरकारीमा नेपाल आत्मा निर्भर बन्ने


काठमाण्डौ असार २७ गते । रातो तारा डट कम,कृषि समचार, वीरगन्ज महानगरपालिका ३१ भेडियाहीका नवलकिशोर झाको २ बिघा जग्गामा लटरम्म गोलभेडा फलेका थिए । करिब एक सय क्वीन्टल गोलभेडा टिपेर बजार लैजाने अवस्थामा नभएकाले समस्यामा परेको बताउछन ।

लकडाउनका कारण उत्पादन भएको गोलभेडा बजारसम्म पुर्याउन कठिनाइ भए पनि सरकारले भने भन्सारबाट भारतिय तरकारी ल्याउन बन्द नगरेकोमा गुनासो गरेका छन । त्यसमाथि पनि पानीले अहिले गोलभेडामा क्षति पुर्याएको छ । विगत ४ वर्षदेखि व्यवसायिक गोलभेडा खेती गर्दै आएका झाले तयारी अवस्थामा रहेको गोलभेडा खेतमै सड्ने भएकाले चिन्तित देखिन्छन । 

‘७ लाख रुपैयाँ ऋण लिएर करिब १२ लाख रुपैयाँको खर्चमा गोलभेडा खेती गरेको थिएँ,’ खेतमा गेलभेडा नष्ट भएको देखेर निराश भएका उनले भने, ुसरकारले किसानको मर्म नबुइोर किसानहरु मर्कामा परको बताएका छन । किसानको उत्पादन खेतमै नष्ट भइरहेको बेला बजारमा भने भारतबाट वीरगन्ज नाकाबाट दिनहुँ   तरकारी आयात भइरहेको छ । तरकारी आयातमा ५ प्रतिशत कृषि सुधार शुल्क र ५ प्रतिशत अग्रिम आय कर दाखिला गर्नुपर्ने वीरगन्ज भन्सार प्रमुख अधिकृत गोपाल खत्रीले जनाए । 

किसानको भनाइ अनुसार अव सरकारले नेपाली किसानहरुलाई तरकारी खेतीमा सहयोग गरेर आफनै देशमा तरकारीमा आतमा निर्भता हुनु पर्छ भन्ने गरेका छन । तरकारी जोन दैनिक ४ सय ५ सयदेखि ५ सय क्विन्टल तरकारी उत्पादन हुने गरेको छ । भौराटारमा मात्र दैनिक ७ लाख रुपैयाँ किसानको नोक्सानी भइरहेको उनले बताए ।

‘अधिकांश जनताले तरकारी खरिद गर्न पाइरहेका छैनन्,’ साह भन्छन्, ‘तर, हाम्रो खेतमा तरकारी नष्ट भइरहेको छ, लगानी पनि डुबिरहेको छ । माहामारीबाट बचेरै तरकारीको पनि व्यवस्थापन होस् ।’ खोर्सानी, गोलभेडा, बोडी, घिरौला, लौका, करैला, काक्रो, भिन्डी, परौल, भन्टा लगायत सिजन अनुसारका सबै तरकारी उत्पादन हुने गरेको रामाशिष महतोले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.