Websoft University

नेकपा स्थायी कमिटी बैठक आज बस्दै–अव मिलेरै जाने सहमती हुने


काठमाण्डौ असार २६ गते । रातो तारा डट कम,सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज फेरि बस्दैछ । केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्तामा कुरा मिल्न नसकेपछि पटकपटक स्थगित भएको बैठक फेरि बोलाइएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे तय गरिएको बैठकमा दुई अध्यक्षबीच भएको कुराकानीको निस्कर्षका आधारमा छलफल हुनेछ । दुईअध्यक्षबीच ठोस सहमति नभएपछि शक्तिबाँडफाँडलाई सन्तुलन मिलाएर पार्टी सञ्चालन गर्ने निस्कर्ष निस्किएको छ । शक्ति र सत्ता–संघर्षको चपेटामा फसेको सत्तारुढ दल नेकपा विभाजन नजिक पुगेको भन्दै चरणवद्ध छलफल भएका थिए । 

पार्र्टीभत्रै स्थायी र सचिवालयका बहुमत सदस्यले प्रधानमन्त्री एवं पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा मागेपछि बढेको विवादले नेकपाको विभाजन हुन खोजेको नेताहरुले नै बताएका थिए । हिजो साँझ दुई अध्यक्षबीच टेलिफोन संवाद भएको थियो । 

त्यसका आधारमा स्थायी कमिटी बैठक बस्नुअघि बिहान बालुवाटारमा फेरि छलफल हुँदैछ । त्यसपछिका लागि तय गरिएको आजको बैठक दुई अध्यक्षको वार्ता सहज नभए फेरि रोकिन पनि सक्ने नेताहरुले बताएका छन् । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.