बिराटनगर असार २९ गते । रातो तारा डट कम,उद्योग संगठन मोरंङ, महिला उद्यम समितिले आज २०७७ असार २९ गते, विराटनगर कोचाखाल स्थित विराट वहिरा माध्यमिक विद्यालयलाई १ थान भेण्डिङ्ग मेशिन हस्तान्तरण गरेको छ ।
उद्योग संगठन मोरंगका अध्यक्ष भीम घिमिरेले विराट वहिरा माध्यमिक विद्यालयको कार्यवाहक अध्यक्षलाई भेण्डिङ्ग मेशिन हस्तान्तरण गर्दै वर्तमान समयमा मानिसले आफुलाई स्वस्थ्य र सुरक्षीत राख्न हरसम्भव प्रयास गर्नुपर्ने वताउनु
भयो । उहाले महिला उद्यम समितिले महिलाहरुको उद्यमशिलता विकासमा मात्र आफुलाई केन्द्रीत नगरी सामाजिक दायित्व समेत वहन गर्दै भेण्डिङ्ग मेशिन मेसिन हस्तान्तरण गरी उदाहरणीय कार्य गरेको वताउनु भयो ।
महिला उद्यम समितिको संयोजक सन्तोष लुनावत जैनले महिला स्वास्थ्यलाई प्राथमिकता दिई भेण्डिङ्ग मेशिन हस्तान्तरण गरेको वताउदै मेशिन उक्त विद्यालयमा अध्ययनरत छात्राहरुको प्रयोजनको लागी हस्तान्तरण गर्न पाएको खुशि व्यक्त गर्नु भयो ।
उद्योग संगठन मोरंगको कार्यसमिती सदस्य एवम महिला उद्यम समितिको सल्लाहकार प्रतिभा रिजाल ओलीले छात्राहरुलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न उत्तप्रेरित गर्ने उद्देश्यले महिला उद्यम समितीले मेशिन हस्तान्तरण गरेको जानकारी गराउदै यसवाट महिला स्वास्थ्य सुरक्षामा सहयोग पूग्ने विश्वास व्यक्त गर्नु भयो ।
विराट बहिरा माध्यमीक विद्यालय संचालन समितिको कार्यवाहक अध्यक्ष मिना जोशीले उद्योग संगठन मोरग महिला उद्यम समितिको सहयोगका लागी धन्यवाद दिदै स्वास्थ्य सु्रक्षा जस्तो सम्वेदनशिल कुरामा मानविय रुपले पू¥याएको सहयोगले ठुलो महत्व राख्ने वताउनु भयो ।
कार्यक्रममा उद्योग संगठन मोरंगका कोषाध्यक्ष नन्द किशोर राठी, कार्यसमिती सदस्य सुरेन्द्र गोल्छा, विपिन काबरा, पारस लुनिया, महिला उद्यम समितीको सह–संयोजक लिला रिजाल, सदस्य गिरीजा सारडा लगायत विराट वहिरा माध्यमिक विद्यालयको प्रध्यानध्यापक र अध्यापकहरुको उपस्थिती रहेको थियो ।
२०७७ असार २९ गते, सोमवार
विराटनगर
Post a Comment