Websoft University

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार ५ सय १९ पुगे



काठमाण्डौ असार २५ गते । रातो तारा डट कम,नेपालमा पछिल्लो २४ घन्टामा एक सय ८ जनामा कोरोना भाइरको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा विभिन्न २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा एक सय ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार ५ सय १९ पुगेको जानकारी दिनुभयो । उहाँले पछिल्लो २४ घन्टामा १ सय ३९ जना कोरोना सङ्क्रमित स्वस्थ भएको भन्दै नेपालमा हालसम्म कोरोनाका कारण सङ्क्रमित भएकामध्ये निको हुनेको सङ्ख्या ७ हजार ८ सय ९१ पुगेको बताउनुभयो । नेपालमा हालसम्म ३५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ भने पछिल्लो २४ घन्टामा नेपालमा कसैकोपनि कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छैन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.