Websoft University

प्रधानमन्त्री रोजगार कार्यक्रममा जनताको चासो


काठमाण्डौ असार ३१ गते । रातो तरा डट कम,प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत अहिले देशका विभिन्न स्थानमा युवाहरुले काम पाएका छन् । गुल्मीका विभिन्न गाउँमा बेरोजगार बनेका युवा राज्यले स्थानीय स्तरमै नियमित रुपमा काम दिनुपर्ने बताउँछन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत इस्मा गाउँपालिकाका टीका अधिकारी जस्तै भीम बहादुर विष्ट र विसाल विष्ट पनि गाउँपालिकाले निर्माण गर्न थालेको हेलिप्याड बनाउने काममा व्यस्त हुनुहुन्छ । गाउँमा गरिने मेलापातभन्दा राज्यले दिने काममा ज्याला धेरै हुने भएकोले सथानीयहरु प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फ आकर्षित छन् । 

जिल्लाका १२ वटै स्थानीय तहमा फरक–फरक सङ्ख्यामा १० दिनदेखि एक महिनासम्मको लागि रोजगारी दिइएको छ । अहिले कोरोना भाइरसका कारण घर फर्किएका थुप्रै नागरिक बेरोजगार छन् । उनिहरु गाउँमै पाए काम गर्ने मनसायमा छन् । जिल्लाका केहि स्थानीय तहले नागरिकलाई रोजगारउन्मुख बनाउन विभिन्न कृषि प्याकेज सार्वजनिक गरेपनि त्यो पर्याप्त छैन । 

सबै स्थानीय तहसँग समन्वय गरी बेरोजगार र कोरोना भाइरसबाट गाउँ फर्किएका नागरिकलाई कसरी रोजगार दिने ? जिल्ला समन्वय समिति प्रमुख लक्षमण पराजुली प्रधानमन्त्री रोजगार कार्यक्रमलाइ व्यवस्थित बनाइ सबैलाइ रोजगारीको पहुँचमा ल्याउने बताउनुहुन्छ । 

जिल्लाका स्थानीय तहमा भएका बेरोजगार नागरिकको तथ्याङ्क कुनै निकायसँग छैन । सोही कारण कुन काममार्फत कुन तहका नागरिकलाई कसरि रोजगारी दिने भन्ने योजना बन्न सकेको छैन ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.