Websoft University

चिया पसलबाट लागुऔषध बरामद ३ जना पक्राउ


मोरङ, असार ३० गते । रातो तारा डट कम,मोरङको बिराटनगर महानगरपालिका-१५ को राम जानकी चोकमा रहेका २ वटा चिया पसलबाट लागुऔषध बरामद भएको छ।

उक्त चोकमा रहेको मनोकामना झा र सहेदा खातुनको चिया पसलबाट लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आज दिउँसो सवा १२ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मनोकामना झाको चिया पसलबाट लागुऔषध Dialex dc  १ बोतल, Codeine phosphate २ बोतल र Nitravet ३० चक्की तथा सहेदा खातुनको चिया पसलबाट Dialex dc  ५ बोतल र बिभिन्न किसिमको लागुऔषधका खाली बोतलहरू १२ वटा बरामद गरेको हो ।

लागुऔषध बरामद भए संगै दुबै चिया पसलका संचालक र बिराटनगर-१७ का ३४ बर्षीय प्रदिप राईलाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.