Websoft University

धादिङ अस्पतालमा गर्भवती महिलाको शल्यक्रिया सुरु


काठमाण्डौ असार ३१ गते । रातो तरा डट कम, विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाइरस (कोभिड १९) का कारण देशभरका जनजीवन कष्टपूर्ण बनिरहेको समयमा धादिङ अस्पतालले जोखिम मोलेर ४ जना सुत्केरीको शल्यक्रिया गर्न सफल भएको छ । 

प्रशव पीडामा सुत्केरी गराउन आएकी धादिङ ज्वालामुखी गाउँपालिका ६ की २८ बर्षीय महिला, ज्वालामुखी १ की २० बर्षीय महिला, नीलकण्ठ नगरपालिका ८ की २२ बर्षीय महिला  र आरुघाट २ गोरखाकी ३१ बर्षीय महिला गरी ४ जना गर्भवती महिलाको सफल सल्यक्र्रिया गरेको धादिङ अस्पतालका सूचना अधिकारी बिक्रम विकले जानकारी दिनु भयो ।
सुत्केरी महिलाहरुको जटिल अबस्था आएपछि आमा र बच्चाको ज्यान जोखिम मोलेर शल्यक्र्रिया गरिएको थियो । हाल सुत्केरी महिला र शिशुको अवस्था सामान्य रहेको विकले बताउनुभयो । डा. रन्जन सिंह राठोरको नेतृत्व र डा. रामचन्द्र रिजाल, लेख बहादुर श्रेष्ठ ,मनकुमारी श्रेष्ठ, श्याम गोम्जा, मेरी तामाङ, लगाएतको सहभागितामा शल्यक्रिया गरिएको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.