Websoft University

मन्त्री घिमिरेद्धारा योजनाहरुको अनुगमन


विराटनगर, २७ असार । रातो तारा डट कम, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आज एक दर्जन बढी योजनाहरुको अनुगमन गर्नु भएको छ । मोरंग निर्वाचन क्षेत्र नं. ४ (ख) मा सांसद विकास कोष र मन्त्री घिमिरे मार्फत भौतिक पुर्वाधार मन्त्रालयबाट  चालु आर्थिक वर्षका लागि विनियोजित बजेटबाट निर्माण भइरहेका र सम्पन्न भएका योजनाको उहाँले अनुगमन गर्नुभएको हो । 

क्षेत्र नं. ४ (ख) अन्र्तगत विराटनगर ३ का योजनाहरुको मन्त्री घिमिरेले अनुगमन गर्नु भएको हो । विराटनगर ३ मा सांसद विकास कोष मार्फत ३ दर्जन बढी योजना चालु आर्थिक वर्षमा समेटिएका छन् । ३ का अधिकांश योजना निर्माण सम्पन्नको चरणमा रहेका छन् । मन्त्री घिमिरेले स्थानीयसँगै हरेक योजनाहरुको अनुगमन गरिरहनु भएको छ । स्थानीयका समस्याका बारेमा छलफल गर्दै उहाँले योजनाको नियमित अनुगमन गरिरहनु भएको छ । 

चालु आर्थिक वर्षमा विराटनगर ३ को मानगढ मार्गका लागि १५ लाख, पाथिभरा मार्गका लागि ५ लाख, शितल मार्गका लागि ४ लाख, नहर मार्गका लागि ५ लाख, प्याब्सन मार्गका लागि ४ लाख, नागबेली मार्गका लागि ५ लाख, पुष्पाञ्जली मार्गका लागि २५ लाख, मदन नगर आधारभुत विद्यालयका लागि ३ लाख, बालज्योति मार्गका लागि २० लाख, नमूना टोल मार्गका लागि ८ लाख, डिल्ली सापकोटाको घर देखि दक्षिण मानगढ चौक मार्गका लागि ५ लाख, सयपत्री मार्गका लागि १० लाख, संखुवासभाली मार्गका लागि १० लाख, लक्ष्मी मार्गका लागि ५ लाख, सगरमाथा महायज्ञ वान्तवा मार्गका लागि १५ लाख, गोधुली मार्गका लागि २६ लाख, मालिका मार्गका लागि २४ लाख, शहिद आधारभुत विद्यालयका लागि १० लाख, नवज्योति मार्गका लागि ५० लाख, नमूना मार्गका लागि २५ लाख विनियोजन भएको छ । 

सांसद विकास कोष मार्फत विराटनगर ३ को पृथ्वी मार्ग सडकका लागि ५ लाख,  सिद्धेश्वर समाज मन्दिरका लागि १० लाख ,  मुलघरे मार्गका लागि ५ लाख, विराटनगर ३ को ओशो ध्यान केन्द्र उत्तर सुकुम्वासी टोल सडक निर्माणका लागि १० लाख, सनातन धर्म सेवा समाज सामुदायिक भवन निर्माणका लागि १० लाख , नमूना टोल विकास संस्था सुमार्ग पथ नाला र पिच निर्माणका लागि १० लाख, हलेसी सामुदायिक भवनको अपुरो भवन निर्माणका लागि १० लाख, श्रीनगरको नाला तथा ग्राभेल निर्माणका लागि १० लाख, बराह मन्दिर निर्माणका लागि १० लाख, पृथ्वी समाज सामुदायिक भवन निर्माणका लागि १५ लाख, र अमर सेवा समितिको भवन निर्माणका लागि १५ लाख वजेटमा काम भईरहेको छ ।  

मन्त्री घिमिरेले सांसद विकास कोष मार्फत ८ वटा दिवा केन्द्रहरुलाई १–१ लाख विनियोजन गरिएको छ । वजेट अनुसारको अहिले काम भईरहेको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ । विराटनगर १ को जेष्ठ नागरिक हकहित संरक्षण मञ्च, विष्णुमायाँ पुस्तकालय, विराटनगर ३ को जेष्ठनागरिक सेवा समूह, प्रताप आदर्श सेवा समूह गणेश मन्दिर, पुष्पलाल स्मारक समिति, हाम्रो हातेमालो जेष्ठ नागरिक समिति, विराटनगर १० को विराट सेवा आश्रम, विराटनगर ८ को प्रगति विनायक जेष्ठ नागरिक सेवा समाजका लागि १–१ लाख विनियोजन गरिएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.