काठमाण्डौ साउन १४ गते । रातो तारा डट कम,नेपाल–चीन प्रवेशका लागि छोटो दुरीको रसुवागढी भन्सार कार्यालयमा यस वर्ष लक्ष्यको तुलनामा राजश्व सङ्कलनमा कमी आएको छ । कोरोना भाइरस र पहिराका कारण राजश्व संकलन लक्ष्य अनुसार हुन नसकेको हो ।
काठमाडौदेखि एकसय ५२ किलोमिटर उत्तर भोटेकोशी नदी किनारामा रहेको रसुवागढी भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७६÷०७७ मा कुल आठ अर्व २७ लाख रुपैया राजश्व संकलन गरेको छ । प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले नौ अर्व ३५ करोड राजश्व संकलन लक्ष्य रहेकोमा लक्ष्यभन्दा १५ प्रतिशत कम राजश्व संकलन भएको हो ।
लक्ष्यलाई नाघेर अगाडि वढ्ने योजना चलिरहेका वेला त्रिशूली–रसुवागढी सडकमार्गमा पटक÷पटक गएको पहिरो र नोवेल कोरोनाका कारण राजश्व संकलनले लक्ष्य पुग्न नसकेको खड्काले वताउनुभयो । उहाँका अनुसार गत चैत्र, वैशाख र जेठमा शुन्य राजश्व संकलन भएको थियो ।
कोरोनाका कारण सो समस्या आएको भन्सार प्रमुख खड्काले वताउनुभयो । कोरोनाको महामारी वढेपछि रसुवागढी नाका गत २०७६ माघ १५ गतेदेखि वन्द रहेको थियो । असारको दोश्रो सातामात्र नाका एकतर्फि सन्चालन भएको हो । असारमा एक करोड ७६ लाख र फागुनमा एक करोड राजश्व संकलन भएको खड्काले जानकारी दिनुभयो ।
Post a Comment