Websoft University

वैकल्पिक विधिको प्रयोग गरेर पठनपाठन गराएर परीक्षा सञ्चालन गर्न सक्ने निर्देशिका जारी


काठमाण्डौ असार २५ गते । रातो तारा डट कम,विश्वविद्यालयले अनलाइनसहित विभिन्न वैकल्पिक विधिको प्रयोग गरेर पठनपाठन साथसाथै परीक्षा सञ्चालन गर्न सक्ने भएकाछन् । विश्वविद्यालय अनुदान आयोगले कोरोना महामारीले उच्च शिक्षामा पु¥याएको क्षति न्यूनीकरणका लागि छाता निर्देशिका जारी गर्दै नयाँ व्यवस्था गरेको हो । 

चैतदेखि देशभरका विश्वविद्यालय र क्याम्पसका शैक्षिक गतिविधि ठप्प छ । ११ वटै विश्वविद्यालयले अनलाइन माध्यमबाट पढाउन थालेका छन् । महामारीको बेला शैक्षिक गतिविधिलाई निरन्तरता दिन उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण निर्देशिका जारी गरिएको आयोगका सदस्य सचिव देवराज अधिकारीले जानकारी दिनुभयो । 

निर्देशिकाले अनलाइन कक्षालाई जोड दिँदै नियमित पठनपाठन, परीक्षा सञ्चालनका वैकल्पिक विधि तोकेको छ । अनलाइन विधिबाट पठनपाठन र परीक्षा सम्भव नभए अन्य वैकल्पिकसहित परम्परागत विधिको पनि प्रयोग गर्न सकिने अधिकारीले बताउनुभयो । त्यसको निर्णय विश्वविद्यालयको कार्यकारी र प्राज्ञिक परिषद्ले गर्न सक्ने निर्देशिकामा उल्लेख गरिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.