Websoft University

बुढीगंगाका युवाहरु रगतको महत्व बुझाउँदै गाउँगाउँमा


 सुमन सुस्केरा,विराटनगर । रातो तारा डट कम, मोरङको बुढीगंगा गाउँपालिकाका युवाहरु सामाजिक काममा सक्रिय भएर लागेका छन् । बिभिन्न सामाजिक काम गर्दै आएका युवाहरुले  बिहिवारदेखि मानिसको जीवनसँग जोडिएको रक्त संकलन अभियान शुरु गरेका हुन्  ।

सेवाको भावनाका साथ रक्त अभाव भएका बिरामीका लागि  रक्तदाता जुटाउन पहिलो पटक मोरङको बुढीगंगा गाउँपालिकाबाट यो अभियान शुरु भएको हो । ग्रामिण क्षेत्रमा रगतको अभाव र त्यसको महत्वको बारेमा बुझाउन नसकिरहेको अबस्थामा बुढीगंगा १ मा रहेको सिर्जनशिल युवा समाज नेपालले रगतको अभाव भएका  विरामीको लागि रक्तदाता जुटाउने काम गुरु गरेको संस्थाले जनाएको छ ।

युवाहरुको अभियानमा बुढीगंगा गाउँपालिकाले पनि सहयोग गर्ने छ । गाउँगाउँमा रक्तदान अभियान संचानल गरेर रगतको अभावलाई कम गर्ने काममा  युवाहरुको लागि प्रचार प्रसारको अभियानलाई पालिकाले साथ दिने जनाएको हो ।

बुढीगंगा गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले युवाले शुरु गरेको जोडिएको जीवन जोगाउने काममा गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । सिर्जनशिल युवा समाज नेपालका सल्लाहकार कपिल सुनारले बुढीगंगा गाउँपालिकामा नागरिकको जीवनसँग जोडिएको रगतको अभाव हुन नदिन शुरु भएको अभियान अत्यन्त नयाँ भएको बताउनुभयो । यो अभियानलाई हरेकको घर घरमा पुर्याउँदै रगतको अभाव हुन नदिनका लागि रक्तदान गर्नु पर्छ भन्ने भावनाको विकास गराईने सुनारले बताउनुभयो ।

युवाहरुद्धारा संकलित रगत टंकीस्थित बिराट मेडिकल कलेज, टिचिङ हस्पिटलमा रहेको नेपाल रेडक्रस सोसाईटीको रक्तसंचार केन्द्रमा संकलन हुने  सिर्जनशिल युवा समाज नेपालका अध्यक्ष सागर थापाले जानकारी दिनुभयो ।

एक दर्जन युवाहरुको सक्रिय सहभागीता रहेको  यो अभियामा साथ दिनकालागि ९८४९५८२७७९, ९८०७३४६६३६ मा सम्पर्क गर्न सकिने संस्थाका उपाध्यक्ष जोसेफ घिमिरेले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.