Websoft University

आयल निगममा परेका एक हजार आवेदन सबै खारेज


काठमाण्डौ असार २९ गते । रातो तारा डट कम,नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्रीका लागि नयाँ विक्रेताको लाइसेन्सका लागि परेको एक हजार आवेदन खारेज गरेको छ । नयाँ पेट्रोल पम्प राख्नका लागि आएका १ हजार २५ वटा आवेदन नेपाल आयल निगमले खारेज गरेको हो । २०७६ वैशाख १७ र भदौ १० गते निगमले पेट्रोलियम पदार्थ बिक्रीका लागि नयाँ विक्रेता नियुक्त गर्न आवदेन मागेको थियो । तर, अहिले पेट्रोल पम्प रहेकै क्षेत्रबाट नयाँ विक्रेता माग भएकाले आवेदन रद्द गरिएको निगमले जनाएको छ । निगमको सञ्चालक समितिले नयाँ विक्रेताका लागि पर्न आएको निवेदनहरू जनसंख्या, भूगोल, सवारी साधनको तथा सडक घनत्वका आधारमा उपयुक्त नभएको ठहर गर्दै आवेदन खारेज गरेको हो । अब आवेदन दिँदा बुझाएको दस्तुर रकम निवेदकले फिर्ता लिन सक्नेछन् । निगमले अब नयाँ मापदण्ड बनाएर फेरि सूचना जारी गर्ने तयारी गरेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.