Websoft University

लगातारको वर्षाले पहिरो परी तीन दिनमा ५५ को मृत्यु, ३१ जना वेपत्ता


काठमाण्डौ असार २८ गते । रातो तारा डट कम, लगातारको वर्षापछि झरेको पहिरो, बाढी र डुवानमा परी बितेको ३ दिनमा मुलुकका बिभिन्न स्थानमा गरी ५५ जनाको मृत्यु भएको छ । म्याग्दी, सिन्धुपाल्चोक, जाजरकोट लगायतका जिल्लामा प्राकृतिक विपत्तिका कारण सबैभन्दा धेरै जनधनको क्षति भएको गृह मन्त्रालयले जनाएको छ । 

सबैभन्दा धेरै गण्डकी प्रदेशमा ३७ जनाको मृत्यु भएको छ । माग्दीमा २७, कास्कीमा ७, लम्जुङमा तीन जनाको मृत्यु भएको छ । ती सबै ठाउँमा झण्डै हजार जना विस्थापित भएका छन् । कर्णाली प्रदेशमा १२ जनाको मृत्यु भएको छ । वाग्मती  प्रदेशमा तीनजनाको मृत्यु भएको छ, २० जना अझै वेपत्ता छन् । 

वेपत्ताको खोजी  भइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार विस्थावित भएकाहरूको पुनःस्थापनामा तीनै तहका सरकारबाट पहल भइरहेको छ । तराईका जिल्लामा बाढी बस्तिमा पस्न थालेको छ । दर्जनौँ गाउँ डुवानको जोखिममा परेका छन् भने कयौँ बस्ति डुविसकेका छन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.