Websoft University

चिनियाँ राजदूत र नेकपा नेता खनालबीच भेटघाट



काठमाण्डौ । रातो तारा डट कम, नेपालको आन्तरिक राजनीतिक मामलामा चीनको हस्तक्षेप बढेको चर्चा चलिरहेको बेला चिनियाँ राजदूत र नेकपा नेता झलनाथ खनालबीच भेटघाट भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी  नेकपाका नेता खनालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गर्नुभएको हो । पार्टीभित्रको सत्ता संघर्षमा पद त्यागको दबाब खेपिरहनुभएका प्रधानमन्त्री केपी ओलीको विपक्षमा रहेका नेताहरुसँग राजदूत होउले लगातार भेटघाट गरिरहनुभएको छ । यसअघि सोमबार उहाँले नेकपाका अर्का नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालसँग पनि भेटवार्ता गर्नुभएको थियो ।  खनालसँग भेटवार्ता गर्न राजदूत होउ बिहान खनाल निवास डल्लु पुग्नुभएको थियो । खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको
छ । दुबै पक्षले भेटमा भएको विषयवस्तु बारेमा सार्वजनिक नगरे पनि राजदूत होउले नेकपा भित्रको शक्ति संघर्षमा चासो राखेको दाबी गरिएको छ । नेकपाभित्र विवाद बढेको बेला चिनियाँ राजदूत होउको बढ्दो सक्रियतालाई विश्लेषकहरुले नेपालको आन्तरिक राजनीतिमा चीनको दबदबाका रुपमा अथ्र्याएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.