काठमाण्डौ असार २६ गते । रातो तारा डट कम, बाह्रबिसे– ३ खुर्सानीबारीमा सडक बाढीले कटान गरेको छ । खगदल खोलाले पक्की पुल बगाउँदा आवतजावत ठप्प छ । त्यस्तै जुरेनजिक भोटेकोशीले सय मिटर सडक कटान गरेको छ । झ्यालेखोलाले ३० मिटर बाटो कटान गरेको, चाकु बजार माथिबाट पहिरो आई ३० मिटर बाटो थुनिएको, डाक्लाङमा लाकखोलाले १५ मिटर बाटो कटान गरेको, तीन किलो लिष्टीमा १० मिटर पहिरोले ढुंगामाटो थुप्रिएको गरी धेरै ठाउँका सडकमा कतै कटान, कतै पहिरो र कतै पुल भत्किदा एक ठाउँबाट अर्को ठाउँ जाने सम्र्पक टुटेको छ ।
Post a Comment