Websoft University

महानगर नगरक्षेत्र भित्रको फोहर व्यवस्थापनमा हेलचर्काइ


विराटनगर । रातो तारा डट कम,विराटनगर महानगरपालिकाले चार बर्ष अघि ठेक्का दिएको वेस्ट मेनेजमेन्ट ग्रुप प्रालिको काम सन्तोष जनक नदेखिएपछि कार्वाहीको लागी महानगरले २४ घन्टे स्पस्टिकरण सोधेकोहो ।

नगरक्षेत्र भित्रको फोहर व्यवस्थापनमा हेलचर्काइ गरेको घरदैलोको विल नक्कली प्रयोग गरेको र शहरको फोहर संकलनमा ध्यान नदिएको भन्दै महानगरले संस्थालाई स्पस्टिकरण सोधेको भए पनि अहिले सम्म उसले चासो दिएको छैन ।

संस्थाको लार्पावाहीका कारण नगरक्षेत्र भित्र थुप्रिएको फोहर दुर्गन्धित हुदा नगरबासी थप चपेटामा परेका भए पनि हप्ताको एक पटक पनि सडक घर फोहोर नउठाइ दिदा नगरवासी समस्यामा परेका छन ।

नगरका अधिकांश क्षेत्रमा महिनौ दिनदेखि फोहर व्यवस्थापन हुन सकेको छैन भने शहरी क्षेत्रमा असार २३ गते देखि सफाईकर्मीको हडतालका फोहर उठिरहेको छैन । संस्थाले सफाईकर्मीहरुलाई जेठ महिनादेखीको तलव भुक्तानी नगर्दा हडताल भएको हो ।

चार दिनदेखिको लगातारको हडतालका कारण नगरक्षेत्रमा सयौ टन फोहर सडकभरि छरिएर यत्रतत्र देखिएका छन । महानगरका अनुसार नगरक्षेत्रमा दैनिक २ सय मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ । हडतालका कारण शहरको मुख्य बजार क्षेत्रमा रहेको मेनरोड , सोमवारे हटिया , गुद्री बजार , ठाकुरबाडी रोड , जहदा रोड हेरिनसक्नु भा छ ।

महानगरको टाउको दुखाई बनिरहेको फोहर मैला व्यवस्थापन कार्य सन्तोषजनक नदेखिएपछि महानगरले वेस्ट मेनेजमेन्ट ग्रुपसँग गरेको ५ बर्षे ठेक्का विचमै भंग गर्ने प्रक्रृया सुरु गरेको छ । सूत्रका अनुसार , राम्रोसँग काम गर्न नसकेको संस्थालाई पटक पटक चेतावनी दिएपनि व्यवहारमा परिवर्तन हुन नसकेपछि महानगरले भंग गर्ने प्रक्रृया आगाढी बढाएको हो ।

२०७३ जेष्ठ १ गते सम्झौता भएको संस्थाको ५ बर्षे कार्यअवद्यी आउदो २०७८ बैशाख मसान्तमा सकिदैछ । तर यो समय सिमासम्म पनि धर्य धारण गर्ने मनस्थितिमा महानगर नरहेको महानगरकै एक अधिकृतले बताए । सुध्रिने धेरै मौका दिएउ तर संस्थाले आफ्नो कार्यशैली परिवर्तन गर्ने कुनै आधार प्रस्तुत गर्न सकेन ती अधिकृतले भने , वेस्ट मेनेजमेन्टसँग भएको सम्झौता चाडै भंग गरेर महानगरले इच्छुक संस्थालाई अस्थायी रुपमा काम गर्न दिन सक्ने बातावरण निर्माण गर्दैछ ।

सम्झौतामा उल्लेख भएअनुसार महानगरले संस्थालाई सडकको फोहर संकलन गरेबापत प्रति महिना ११ लाख ४० हजार भुक्तानी गर्दै आएको छ । यस्तै घरदैलो संकलनबाट संस्थाले प्रति महिना करिव ३५ लाख उठाइरहेको छ ।

महानगरले तयार पारेको मापदण्ड विपरित घरदैलोबाट रकम संकलन गरेको भन्दै महानगरमा उजुरी समेत परेको छ । घरदैलो रसिदमा महानगरको छाप अनिवार्य लगाएर रकम संकलन गनुपर्नेमा त्यसो नगरि संस्थाले आफ्नो छाप मात्र लगाई रकम संकलन गरेको भेटिएको छ । यो बिषयमा महानगरमा उजुरी परेपछि संस्थालाई महानगरले सचेत समेत गराएको थियो । सचेत गरेपनि संस्थाले अटेर गरेर महानगरको विना छाप रहेको रसिद काटेर रकम संकलन गरिरहेको एक पिडितले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.