Websoft University

बेलबारीमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरु ६ सय ५८ जनाले रोजगारी पाउँदै


उत्तम पोख्रेल -मोरङ असार  २२ गते । रातो तारा डट कम, बेलबारी कृषिलाई प्राथमिकता दिदै बेलबारी नगरपालिकमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरु भएको छ । एक वडा एक उत्पादन गरीरहेको नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा समेत कृषिलाई प्राथमिक्ता दिएको हो । 

आर्थीक बर्ष ०७७÷०७८को निति तथा कार्यक्रममा समेत कृषिलाई प्राथमिक्ता दिएको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले भन्नु भयो नगरको पहिलो प्राथमिक्ता कृषिनै हो । 

कृषकका खेतवारीमा सिचाईका लागि पैनि कुलो मर्मत देखी उत्पादन गरीएका विरुवाहरुको गोडमेल तथा मलजल गर्ने काम भइरहेको प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा संयोजक बिनोद दाहालले बताए ।

बेलबारी ४ मा गत बर्ष यहि कार्यक्रम मार्फ १० हजार भन्दा वढि सुपारीका विरुवा रोपिएका थिए अहिले तिनै विरुवाको गोडमेल तथा मलजल गरीरहेका छौ ।

यस्तै केहि वडाहरुमा भने ड्रेन निर्माण खानेपानि विस्तार तथा बिद्यालय मर्मतको काम समेत गरीरहेको छन । नगरपालिकामा ६ सय ५८ जनाले रोजगार पाउने संयोजक दाहालले बताए । न्यून आय भएकाहरुको छनोट गरी रोजगारी दिएको नगरपालिकाले जनाएको छ । 

कोरोना भाइरसका कारण दैनिक ज्यालादारी गरी गरीखाने परिवारलाई यो कार्यक्रमले राहत समेत मिल्ने विश्वास गरीएको छ । काम गर्नेहरुलाई मास्क गोलोब्स तथा सेनिटाइजरको प्रयोग समेत अनिवार्य गरीएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.