Websoft University

२ दशक पछि खानेपानिको धारा बितरण


बेलबारी । रातो तारा डट कम,मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको डागिहाट खानेपानि तथा सरसफाई उपभोक्ता समितिले लामो समयपछि खानेपानिको धारा बितरण गर्न सुरु गरेको छ ।

२०५६ सालमा तत्कालिन डाँगिहाट गाविसका वासिन्दालाई स्वच्छ खानेपानि पुर्याउने उदेश्यका साथ डागिहाट खानेपानि तथा सरसफाई उपभोक्ता समिति गठन गरीएको थियो । २१ बर्षमा ५ वटा उपभोक्ता समिति गठन भएका छन ।  ५ औ उपभोक्ता समितिले भने धारा वितरण गर्न सुरु गरेको छ । 

१ लाख लिटर क्षमताको ट्याकि संचालन ल्याएर धारा वितरण गर्न सुरु गरीएको समितिका अध्यक्ष शिब कुमार राइले बताए । यसै आर्थीक बर्षमा २ सय ५० देखी ३ सय परिवारलाई धारा वितरण गर्ने लक्ष्य लिएको समेत राइले बताए । 

७ सय देखी १ हजार परिवारलाई पानि क्षमताले पुग्ने राइको भनाइ रहेको छ । २ दशक पछि धारामा पानि आँउदा स्थानिय वासिन्दाहरु समेत खुसि भएका छन । 

६ हजार रुपैया लिएर समितिले धारा जडान गरीरहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.