Websoft University

राखेप–को कार्यवाहक सदस्य सचिवमा ढकाल नियुक्त


काठमाण्डौ असार २२ गते । रातो तारा डट काम,राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यवाहक सदस्य सचिवमा भक्त बहादुर ढकाल नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले आज ढकाललाई कार्यवाहकको जिम्मेवारी दिएको हो । उहाँ मन्त्रालयको खेलकुद विभाग महाशाखा प्रमुख हुनुहुन्थ्यो । नयाँ खेलकुद विकास ऐन गत बिहिबारबाट लागू भएसँगै राखेपको सदस्य सचिव पद रिक्त रहेको छ । खेलकुद विकास ऐन २०४८ निष्कृय भएसँगै राखेपका सदस्य सचिव रमेश सिलवाल, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना सहित बोर्ड सदस्यको कार्यकाल समाप्त भएको थियो । जसको कारण नयाँ सदस्य सचिव नियुक्त नभएसम्मका लागि ढकाललाई कार्यवाहकको जिम्मेवारी दिईएको हो । मन्त्रालयले नयाँ सदस्य सचिव नियुक्त गर्ने बताईसकेको छ । नयाँ ऐनमा सदस्य सचिव नियुक्तिका लागि मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने उल्लेख छ । समितिले योग्यता पुरा भएका व्यक्तिबाट सदस्य सचिवको नियुक्तिको लागि एक जना महिला सहित तीन जना उपयुक्त व्यक्तिको नाम मन्त्रालयमा सिफारिस गर्नेछ । समितिबाट प्रस्तावित नामलाई मन्त्रालयले नियुक्तिका लागि मन्त्रीपरिषदमा पेश हुने उल्लेख छ । मन्त्रीपरिषद्ले उपयुक्त ठानेको ब्यक्तिलाई चार वर्षका लागि सदस्य सचिवमा नियुक्त गर्नेछ । सदस्य सचिवका लागि नयाँ ऐनले योग्यता समेत निर्धारण गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.