Websoft University

बजेट अधिवेशनको अन्त्य



काठमाण्डौ असार १८  गते । रातो तारा डट कम,राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गर्नुभएको छ । उहाँले मन्त्रिपरिषद्को सिफारिस अनुसार आज अपराह्न ५ बजे बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिनुभएको छ । यसअघि आजैै बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । बैठकमा प्रधानमन्त्रीले कानुनमन्त्री डा.शिवमाया तुम्बाहाङ्फेतिर हेरेर संसदको कुनै विजनेस छ ? भनी प्रश्न गर्नुभएको थियो । मन्त्री तुम्बाहाम्फेले नागरिकता, निजामती सेवासम्बन्धी विधेयकमा विवाद रहेको र अरू खासै केही नभएको बताएपछि प्रधानमन्त्रीले आजै साँझ पाँच बजेटबाट संसद अधिवेशन अन्त्य गर्ने निर्णय सनाउनुभएको थियो । मन्त्रिपरिषद बैठक अगाडि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्तासमेत गर्नुभएको थियो । वैशाख २६ गतेबाट शुरु भएको संसदको यो अधिवेशनले नागरिकता र निजामती सम्बन्धी विधेयकका साथै एमसीसी सम्झौताबारे समेत निर्णय गर्नुपर्ने थियो । कोरोना महामारीकै बीच सुरु भएको बजेट अधिवेशनले सरकारको नीति तथा कार्यक्रम, बजेट पारित गरेको छ । त्यसबाहेक केही विधेयक पनि पारित गरेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.