Websoft University

सुन्दर हरैंचाका ८ वटा सहकारीहरूवीच एकीकरण हुँदै, संयुक्त हस्ताक्षर समारोह सम्पन्न


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरङको सुन्दर हरैंचा नगरपालिकामा सञ्चालित ८ वटा सहकारीहरूवीच एकीकरण हुने भएको छ । आज सम्पन्न एकीकरण हुन आयोजित हस्ताक्षर समारोहमा सबै संस्थाका अध्यक्षहरुले प्रस्तावित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.को नामबाट कारोवार गर्ने गरी हस्ताक्षर गरेका हुन् ।

एकीकृत हुने संस्थाहरुमा सुन्दरपुर साकोस, सुन्दर हरैंचा–६, गछिया साकोस, सुन्दर हरैंचा–७, गुराँस साकोस, सुन्दर हरैंचा–१२, शुभलक्ष्मी साकोस, सुन्दर हरैंचा–१२, न्यू नमूना साकोस, सुन्दर हरैंचा–४, पिण्डेश्वरी साकोस, सुन्दर हरैंचा–४, घर आगँन साकोस, सुन्दर हरैंचा–७ र प्रारम्भ साकोस, सुन्दर हरैंचा–१० रहेका छन् ।

एकीकृत संस्थाको कार्यक्षेत्र सुन्दर हरैंचा नगरपालिकासँगै बेलबारी नगरपालिका, केराबारी गाउँपालिका र ईटहरी उप–महानगरपालिका समेत हुने र ६५ करोड बराबरको पुँजी (वासलात) हुने सुन्दरपुर साकोसका व्यवस्थापक गोपाल देउजाले जानकारी दिनु भयो । २०७७ भाद्र मसान्तसम्ममा एकीकरण सम्पन्न गरी असोज १ गतेबाट एकीकृत कारोवार गर्ने योजना रहेको पनि देउजाले बताउनु भयो ।

हस्ताक्षर समारोह सुन्दरपुर साकोसको अध्यक्ष कृष्णप्रसाद दाहालको अध्यक्षतामा भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.