Websoft University

रन लामाको नयाँ गीत'आँखै गाजलु’ सार्वजनिक



काठमाडौँ। रातो तारा डट कम,गायक रन लामाको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘आँखै गाजलु’ बोलको तामाङ सेलो गायक रन लामाको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । 

लकडाउनलाई सरकारले लुजडाउनमा परिमार्जन गरेसंगै केही दिन अघि भिडियो सुटिङ गरेर मंगलबार रिलिज गरियो । गीतमा रन लामा र जितु लेप्चनको स्वर रहेको छ । गीतमा शब्द, संगीत र एरेन्ज प्रयास दोङको रहेको छ । निमबाबु तामाङ र निशा पाख्रिनले अभिनय गरेको भिडियोका निर्देशक बिजय रुम्बा हुन् । भिडियोमा गायक लामाको पनि अभिनय रहेको छ । 

भिडियोलाई निमबाबु तामाङ र निशा पाख्रिन मिलेर कोरियोग्रफी गरेकाहुन् । मोडल तथा कोरियोग्रफर निमबाबु तामाङ कार्टुन क्रुका मेम्बर हुन् । ज्ञानेन्द्र शर्मा हुमागाँईले खिचेको भिडियोलाई अमृत चापागाँले सम्पादन गरेका हुन् । हेर्नुहोस् भिडियो :


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.