Websoft University

प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरायो


श्याम राई-उदयपुर-गाईघाट,२४ असार रातो तारा डट कम,सात वर्षिय बालकलाई घाईते हुनगरि कुटपिट गरेको अभियोगमा पक्राऊ परेका कानून व्यावसायी ईन्द्र तामाङं विरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।

घटना लगतै प्रहरीले पक्राऊगरि हिरासतमा लिएका तामाङ्गं माथि ज्यान मार्ने मुद्दा चलाउन विभिन्न संघ संस्था, मानव अधिकारवादीको चर्को दबाबमा प्रहरीले मंगलबार अवेर मुद्दा दर्ता गरेको हो । प्रहरी कार्यालयमा दिन भरि दुबै पंक्षबीच भएको छलफल विना निष्र्कष टुङंगिएको थियो ।

तामाङ्गलाई बचाउन जिल्ला वार एशोसियसनका पूरै पदाधिकारी र कानून व्यावसायीहरु लागेको भएपनि प्रहरीले अन्तत उनी विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको एक प्रहरी अधिकृतले भने ।

त्रियुगा नगरपालिका–१२ विक्रम टोलस्थीत तामाङ्गको घर अगाडी थुपारेको पालुवा छरेको त्रियुगा ७ वर्षिय वालक आयन लिम्बु विराटनगरस्थीत न्यूरो अस्पताल भर्ना हुनेगरि कुटिएकाछन् । उनलाई तामाङ्गले सोमबार साझ टाउकोमा गहिरो घाऊ हुने गरि कुटेको प्रहरीले जनाएको छ ।





                                                   

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.